तेलुगु सुपरस्टार नागार्जुनको फिल्म ‘ओम नमो वेन्केटेशाय’ लाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा छ । जहाँ नागार्जुनका प्रशंसकहरुलाई यो फिल्मबाट ठूलो आश छ । फिल्मको निर्माण कम्पनी साई कृपा इन्टरटेन्मेन्टले फिल्मकी एक्ट्रेस प्रज्ञा जायसवालको फर्स्ट लुक सार्वजनिक गरेको छ ।
यो दावा गरिएको छ कि फर्स्ट लुकमा प्रज्ञालाई फिल्ममा जुन सिन दिइएको थियो त्यसमा उनले १४ किलोग्राम सुनको लेहेंगा लगाएकी छिन् । यो त पुष्टि हुन सकेको छैन कि यो दावामा कत्ति सत्यता छ । तर प्रज्ञाले फर्स्ट लुकलाई लिएर जुन ट्वीट गरेकी छिन्, जसमा एक हैशटैग #14kggoldlehenga पनि दिएकी छिन् ।
फिल्मको यो फर्स्ट लुक रिलिज भएसँगै सोशल मीडियामा भाइरल भएको छ । २६ बर्षकी प्रज्ञाले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘यो हो मेरो फर्स्ट लुक ओम नमो वेन्केटेशायबाट । म यस प्रोजेक्टको हिस्सा बनेकोमा खुसी छु ।’
यो फिल्ममा नागार्जुन, प्रज्ञा जायसवालसँगै अनुष्का शेट्टी, सौरभ र विमला रामनको पनि मुख्य भुमिका रहेको छ । यो फिल्मलाई निर्देशक के राघवेन्द्र रावले निर्देशन गरेका हुन् ।