टेलिभिजनमा अहिले दुई एक्ट्रेस मौनी रोय (नागिन 2) र करिश्मा तन्ना (नागर्जुनस् एक योधा) नागिनको भुमिकामा देखिएका छन् । ताजा रिपोर्ट्सका अनुसार, केही दिनदेखी नागिनहरुको सम्बन्ध ठिक छैन । एक टेलिभिजन वेबसाइटको खबर मान्ने हो भने, अवार्ड शोमा लगाएको आउटफिटलाई लिएर एक नागिनको मनमा अर्कोका लागी विष घुलेको छ । गएको हप्ता भएको इण्डियन टेलिभिजन अवार्ड्समा बाँकी एक्ट्रेसेसको साथ करिश्मा तन्ना र मौनी रोय शामिल भएका थिए । दुई एक्ट्रेसेससँगै सेलिब्रिटी स्टाइलिस्ट अंकिता पटेल पनि जोडिएकी थिइन । शोकी होस्ट रहेकी करिश्मा तन्ना रेड कार्पेटमा सबैभन्दा सुन्दर देख्न चाहन्थिन । उनले आईटिएको लागी एक चर्चित डिजाइनरको वार्डरोबबाट पर्सनली गाउन सिलेक्ट गरेकी थिइन । त्यही मौनीको स्टाइलिशले उनलाई निकै मिल्ने जुल्ने ड्रेस चुनिन् ।
आईटिएको रेड कार्पेटमा जब मौनी उत्र्रिइन तब उनको आउटफिट र स्टाइलको निकै तारिफ भयो । त्यही करिश्मा तन्नाका रंग उनको अगाडी फिक्का भयो । यस कुराको रिस करिश्माले स्टाइलिस्टमाथी उतारेकी थिइन । उनी अंकिता पटेलमाथी निकै रिसाएकी थिइन् र चिच्चाएकी पनि थिइन । त्यति मात्र होइन उनको आँखाबाट आँशु पनि झरेको थियो ।