सनी लियोनी अब बलीउडकी पपुलर अभिनेत्री बनिसकेकी छिन् । एक अन्तर्वार्तामा सनी आफैले यो कुरालाई स्वीकार गरिसकेकी छिन् कि पोर्न स्टारको ट्याग अब उनको जिन्दगीबाट कहिले मेटिने छैन । सनीको अघिल्लो लाइफको विषयमा कुरा गर्ने हो भने सनी पनि एक साधारण यूवती थिइन । पोर्न इन्डस्ट्रीमा आउने फैसला उनी आफैले लिएकी थिइन । यस बारेमा उनले आफ्नो परिवारसँग पनि कुरा गरेकी थिइन तर त्यति बेला उनका परिवार निकै अपसेट भएका थिए ।
एक इन्टरव्यूको दौरान सनीले भनिन, ‘मैले पेरेन्ट्सको मर्जी बिना पोर्न इन्डस्ट्री ज्वाइन गरेकी थिएँ । मेरो लागी यो एक बिजनेश थियो । जब मैले पेन्टहाउस (एडल्ट इन्डस्ट्रीको फेमस म्यागजीन) कभर अफ दि ईयर र $100,000 (आजको हिसाबले करीब ६८ लाख रुपैयाँ) जीतेकी थिएँ, तब पेरेन्ट्सलाई मैले यस कुराको जानकारी दिए । सबैलाई थाहा भएकै कुरा हो नर्मल पेरेन्ट्स जस्तै उहाँहरु मसँग रिसाउनु भयो । जब मैले यो भने कि मलाई मेरो लाइफमा के गर्ने वा के नगर्ने भन्ने फैसला गरिसकेकी छु । त्यसपछि मेरो पेरेन्ट्स कन्विन्स हुनुभएको थियो ।’
जन्मदा थिइन एक सिख गर्ल
सनीको जन्म १९८१ मा सर्निया ओन्टारियो, कनाडामा पंजाबी सिख परिवारमा भएको थियो । त्यति बेला उनी ११ बर्षकी थिइन, जब उनी फेमिलीको साथ यूएस शिफ्ट भइन् । सनीका पिता इन्जीनियर थिए, जबकी आमा हाउसवाइफ। उनका एक भाई पनि छन, जसको नाम संदीप सिंह वोहरा हो ।