आफ्नो फिल्मको पव्लिसिटीका लागि हरेक तरहका हर्कत अपनाउन पछि नपर्ने आमिर खानलाई ‘मिस्टर परफेकसनिष्ट’ त्यसै भनिएको होइन ।
उनले फिल्मका लागि अध्ययन गर्ने र आफ्नो भुमिकालाई लिएर उनी दिनरात मेहनत गर्ने गर्छन् । बलिउडमा जब चर्चीत स्टारहरुको चर्चा हुन्छ तब शाहरुख खान, सलमान खानसहित आमिर खानको नाम पनि शिर्षस्थानमा आउने गर्छ ।
आमिर खान हाल आफ्नो फिल्म ‘दंगाल’ को प्रोमोशनमा व्यस्त रहेका छन् । बलिउडमा हुने ठुला साना अवार्ड कार्यक्रममा बलिउड सेलिब्रिटीहरुको उपस्थिति हुनेगर्छ । तर, आमिर खान भने त्यस्ता कार्यक्रममा देखिदैनन् । आमिर खान किन अवार्ड कार्यक्रममा देखिदैनन् धेरैको जिज्ञासा रहेको छ ।
आमिर खान कुनै पनि अवार्डलाई महत्वका साथ लिदैनन् । उनी भन्छन्,‘सबै अवार्ड कसलाई दिने पहिला नै फिक्स हुन्छ ।’ तर ओस्कार अवार्डमा कार्यक्रममा भने उनी देखिने गर्छन् ।
४१ औ फिल्मफेयर अवार्ड कार्यक्रममा सन् १९९६ मा आयोजित भएको थियो । उक्त अवार्ड कार्यक्रममा फिल्म ‘दिलवाले दुलहनीयाले जाएंगे’ बाट शाहरुख खान, फिल्म ‘रगिंला’ बाट आमिर खान, फिल्म ‘नाजाय’ बाट अजय देवगन, फिल्म ‘हिरो नम्बर १’ बाट गोबिन्दा र फिल्म ‘करन अर्जुन’ बाट सलमान खान बेस्ट एक्टरका लागि चुनिएका थिए ।
तर, शाहरुख खानले उक्त अवार्ड जित्न सफल भएका थिए । बेस्ट एक्टरको अवार्ड आफुले जित्नेमा उनी निश्चिन्त थिए । त्यसपश्चात आमिर खानले अवार्डहरु कसलाई दिने पहिला नै फिक्स हुने बयान दिएका थिए । त्यसपश्चात उनी कुनै अवार्ड कार्यक्रममा हालसम्म गएका छैनन् ।