सलमान खान अभिनित फिल्म ‘बडिगार्ड’ मा सह अभिनेत्रीको भुमिका निर्वाह गरेकी तथा ‘बिग बोस ७’ मा नजर आएकी हेजल कीच त्यसपछि फिल्मदेखी पर भइन् । लभ लाइफलाई गम्भिरताका साथ लिएकी हेजल कीच क्रिकेटर युवराज सिंहसँग विवाह गर्दैछिन् । नोभेम्बर महिनामा उनीहरुको विवाह हुँदैछ ।
उनीहरुको भेट सामाजिक मिडियामा भएको थियो । उनीहरु केही दिनको वार्तालापपछि साथी भए र डेट गर्न थाले । यो क्रम एकवर्षसम्म चलिरह्यो । केही समयसँगै बिताएपछि युवराजले हेजललाई प्रोपोज गरे । हेजलले पनि ग्रिन सिग्नल दिइन् । उनीहरुको ३० नोभेम्बरमा विवाह हुँदैछ ।
प्राय सामाजिक सञ्जालमा अभिनेत्रीहरु टिप–टप तस्बिरहरु सेयर गर्ने काम गर्छन् । तर, हेजलले विना मेकअपका तस्बिरहरु सेयर गरेकी छिन् । उनले सेयर गरेका तस्बिरहरु ग्ल्यामरसभन्दा पनि स्टनिङ देखिएका छन् ।