बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोणको ब्रेकअपको खबरले केही समयदेखीबजार तताइरहेको छ । तर हालै मात्र रणवीर र दीपिका एक पार्टीमा संगै देखिएपछी उनिहरुको ब्रेकअपको खबर हल्ला मात्र थियो वा उनीहरु साथीका रुपमा त्यहाँ गएका थिए भन्ने चर्चाले बलिउड पुनः एकपटक तातेको छ । भारतीय संचारमाध्यमहरुले अर्बपति मुकेश र निता अम्बानीले मुम्बईस्थित निवासमा दिएको पार्टीमा रणवीर र दीपिका हात समातेर सगैं हिँडेको देखिएपछी ब्रेकअपको हल्ला निराधार रहेको भन्दै समाचार सम्प्रेषण गरेका छन् । पार्टीबाट बाहिरिने क्रममा बेफिक्रे नायक रणवीरले दीपिकाको हातसमातेर कार सम्म पुर्याएका थिए । रणवीर र दीपिकाको बीच मनमुटावको खबर तबदेखी चर्चामा थियो जब फिल्म पद्मावतीमा दीपिकाले शाहिद कपूरसँग काम गर्ने पक्का भइन । यसबाट रणवीर निकै दुखी भएका थिए । त्यसपछि उनीहरुको सम्बन्धमा दूरी आएको थियो ।