पहिलो पटक चलचित्रको पर्दामा खतरनाक भिलेनको भुमिकामा देखिन लागेकी नायिका रेखा थापा अभिनित चलचित्र ‘डायरी’ को टीजर सार्वजनिक भएको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘डायरी’ मा रेखा थापा ‘रानी’ को भुमिकामा छिन् । टीजरमा रेखा थापासँगै नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ, सन्नी सिंह फिचरिङ छन् । टीजरमा रेखाको भिलेन लुक्स दमदार देखिएको छ ।
चलचित्रमा छुल्ठिम, रेखा र सनीका अलवा राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपा राना, विनोद पौडेल लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । सार्वजनिक टीजरमा प्रेम, रोमान्स, द्धन्द्ध सबै पक्षलाई देखाउन खोजिएको छ । ‘डायरी’ मा छुल्ठिम ‘जोया’ र सनी ‘सोप्निल’ को भुमिकामा देखिदैछन् । टीजर हेर्दा चलचित्र ‘डायरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।
काठमाडौं, सिमरा र विरगंजमा छायाँकन भएको चलचित्र ‘डायरी’ लाई शिवराम श्रेष्ठले खिचेका हुन् । चलचित्र निर्माणमा छुल्ठिम गुरुङलाई निर्देशक अनिल योञ्जनले साथ दिएका छन् ।