मंसीर महिना, अविवाहित यूवा-यूवतीहरुका लागी विशेष महिनाको रुपमा हेरिन्छ । यो महिनामा अविवाहित यूवा-यूवतीहरु जीवनभरका लागी बैबाहिक सम्बन्धमा बाँधिने गर्छन । सर्वसाधारण मानिसहरुलाई मात्र होइन यो महिना चलचित्रको पर्दामा देखिने स्टार कलाकारहरुका लागी पनि विशेष हुने गर्छ । यो महिनामा अविवाहित कलाकारहरु पनि विवाह बन्धनमा बाँधिने गर्छन । यस्तै नायक सविन श्रेष्ठलाई पनि यस बर्षको मंसीर महिना विशेष बन्ने भएको छ । करिब ५ बर्ष अगाडी निर्माण भएको चलचित्र ‘अन्दाज’ बाट नेपाली रजतपटमा भित्रिएका नायक सविन श्रेष्ठ अहिले आफ्नै लगानीमा निर्माण भएको चलचित्र ‘हिरो रिटन्र्स’ को काममा व्यस्त छन् । ५ बर्षको अवधिमा झण्डै आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेका नायक सविन श्रेष्ठ अब यही मंसीर महिनामा विवाह गर्ने तयारीमा छन् । हालै फेसबुकमा एक स्टाटस लेख्दै उनले मंसीर विवाह गर्ने संकेत दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मंसीरमा सबैको विवाहको कुरा सुन्छु मैले नि मंसीरमा विवाह गर्ने निर्णय गरे ।’उनको यो स्टाटसमा १५ सय बढीले लाइक गरेका छन् भने सबैले अग्रिम बधाई दिँदै कमेन्ट गरेका छन् । केहीले भने ‘चलचित्रमा विवाह गर्न लागेको होला ?’ भनेर पनि कमेन्ट गरेका छन् । अब यो त यही मंसीर महिनामा नै थाहा होला कि सविन श्रेष्ठले रियल लाइफ मै विवाह गर्न लागेका हुन् कि चलचित्रमा । अविवाहित भएका कारण सविनले यही मंसीरमा लगनगाँठो कस्ने सुर पनि त गरेका हुन सक्छन् ? उनले एक फोटोसहित स्टाटस लेख्दै मंसीरमा विवाह गर्ने उल्लेख गरेपनि कुन बर्षको मंसीर हो त्यो भने खुलाएका छैनन् ।