अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को फस्र्टलुक हालैमा सार्वजनिक भएको छ । डायरेक्टर एस शंकरको यो फिल्म २०१० मा आएको रोबोटको सिक्वेल हो । १८ अक्टूबर २०१७ मा रिलिज हुन गइरहेको यो फिल्ममा दुई सुपरस्टार रजनीकान्त र अक्षय कुमार भएका कारण पनि चर्चामा छ । यति मात्र होइन फिल्मको बजेटले पनि यति बेला सबै चकित बनेका छन् । रिपोर्ट्सका अनुसार, यो फिल्म बनाउनका लागी ३५० करोड खर्च भएको छ ।
‘२.०’ साउथ इण्डियनको मात्र होइन पूरै भारतको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म समेत बनेको छ । अक्षय कुमार र रजनीकान्तका अलावा, एमी जेक्सन, सुधांशु पाण्डे, आदिल हुसैन, रियाज खान र कैजाद कोटवाल पनि यो फिल्ममा मुख्य भुमिका निर्वाहा गरेका छन् । फिल्मको प्रोड्यूसर सुबासकरण अलीराजा हुन ।