समाजवादी पार्टीबाट भारतको राज्य सभाकी सांसद बनेकी अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारले पाँच सय र एक हजारको नोटमा लगाएको प्रतिबन्धप्रति व्यंग्य गरेकी छन् । प्रधानमन्त्री मोदीको नोटमा प्रतिबन्ध लगाउने फैसलाले ५० दिन भित्र भारत स्वर्ग बन्ने र भारतीय नागरिक स्वर्गबासी बन्ने भन्दै बच्चनले व्यंग्य गरिन् । नोटमा प्रतिबन्ध लगाउने फैसलापछि प्रधानमन्त्री मोदीले भनेका थिए ‘५० दिन दिनुहोस, देश तपाईंलाई जस्तो चाहिएको छ, त्यस्तै हुनेछ । यो ५० दिनमा देश सुन जस्तै चम्किने छ ।’ एक टेलिभिजन अन्तर्वाताको क्रममा बच्चनले भनिन् ‘मलाई लाग्छ कि सरकारले यो विषयमा हतारो गर्यो, केही धैर्य र रणनीतिको प्रयोग गर्नु पर्ने थियो ।’ उनले त्यसपछि भनिन् ‘ह्वाट्सऐपमा एक व्यक्तिले भनेका थिए–’५० दिनमा भारत स्वर्ग बन्नेछ, अनि अर्का व्यक्तिले भनेका थिए–हामी सबै स्वर्गबासी बन्ने छौं ।’ बच्चनको यस्तो भनाईपछि सामाजिक सञ्जालमा यसको निकै चर्चा भएको छ ।