पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ को दुई मोशन पोष्टर सार्वजनिक भएको छ । पहिलो मोशन पोष्टरमा नायक निखिल उप्रेती र वेनिशा हमाल रोमान्टिक मूडमा देखिएका छन् भने दोस्रो पोष्टरमा निखिल र वेनिशाको साथै अनुप विक्रम शाही पनि देखिएका छन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । रामजी लामिछानेको नृत्य समावेश चलचित्रमा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । चलचित्रमा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् ।