दीपिका पादुकोणको करेन्ट तथा एक्स-ब्वायफ्रेण्ड रणवीर सिंह र रणबीर कपूर विहिबार च्याट शो कफी विद करनमा देखिएका छन् । त्यस दौरानमा उनीहरुले सबैलाई चकित बनाउने धेरै कुराहरु पनि खोलेका छन् । रणबीरले नेशनल टिभीमा यो कुराको स्वीकार गरेका छन् कि उनले आफ्नो फ्रेण्डको गर्लफ्रेण्डसँग रात विताइसकेका छन् । रेपिड फायरको दौरान करनले सोधे कि के अहिलेसम्म कुनै फ्रेण्डका गर्लफ्रेण्डसँग रात विताइसक्नु भयो ?
रेपिड फायर सेशनमा अर्जुन कपूर पाहुनाको रुपमा उपस्थित भएका थिए । उनले अर्जुनलाई रणवीर र रणबीरको बिचमा बसाईएको थियो । प्रश्नको उत्तर ‘छ’ मा दिनका लागी अर्जुनको गालामा किस गर्नु पर्थ्यो । त्यसपछि करनले रणबीरसँग फ्रेण्डकी गर्लफ्रेण्डको साथ रात विताएको छ वा छैन ? भन्ने प्रश्न सोधे तब उनले अर्जुनको गालामा किस गरे । तब अर्जुनले चकित हुँदै भने ‘ति यूवती मेरी गर्लफ्रेण्ड त थिइनन् ?’ यस विषयमा रणवीरले भने -‘विल्कुलै होइन ।’