बलिउडमा केही यस्ता सम्बन्धहरु छन् जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ । सौतनी आमासँगको सम्बन्धलाई लिएर बेलाबेलमा बलिउडमा चर्चा हुनेगर्छ ।
कतिपय सेलिब्रिटीको राम्रो सम्बन्ध रहेको छ भने कतिपयले बुबालाई दोष दिदै नामबाट थर पनि हटाउने काम गरेका छन् ।
आउनुहोस् हेरौ सौतनी आमासँग बलिउड स्टारहरुको सम्बन्ध :-
१. प्रतिक र नादिरा बब्बर
प्रतिकलाई जन्म दिएको केही दिन पश्चात स्मिता पटेलको मृत्यु भएको थियो । स्मिता, राज बब्बरकी दोस्री श्रीमती थिइन् । प्रतिकलाई हुर्काउने काम हजुरबा–हजुरआमाले गरेका थिए । पितासँग सम्बन्ध बिग्रेकै कारण प्रतिकले थर हटाउने काम गरेका थिए । पिता तथा सौतनी आमाप्रति उनको कुनै चासो रहेको छैन ।
२. अर्जुन कपुर र श्रीदेवी
बलिउड स्टार अर्जुन कपुरकी सौतनी आमा हुन श्रीदेवी । पिता बोनी कपुरले श्रीदेवीसँग विवाह गरेपछि पहिलो श्रीमती मोनालाई छोडेका थिए । अर्जुनलाई लाग्छ बोनी कपुर र मोना कपुरको सम्बन्ध श्रीदेवीका कारण बिग्रिएको हो । उनले श्रीदेवीलाई आमाको दर्जा हालसम्म पनि नदेको एक अन्तर्वार्तामा बताएका थिए । श्रीदेवी आफ्नो पिताको पत्नीमात्र भएको बताएका थिए ।
३. सलमान खान र हेलेन
बलिउड स्टार सलमान खान र हेलेनको सम्बन्ध निकै खास रहेको छ । सलमान खानका पिता सलिम खानले दुईवटा विवाह गरेका थिए । सलमान खान र हेलेन उनीहरुको नाम हो । हेलेन खान परिवारको महत्वुर्ण हिस्सा हुन् । हेलेनको कुरा गर्ने हो भने सलमान र उनका भाइहरुसँग निकै घुलमिल गरेर बसेकी छिन्, हरेक परिवारको समस्या आफ्नै उनले सोच्ने गर्छिन् ।
४. सारा खान र करिना कपुर
सेफ अली खानकी जेठी श्रीमतीकी छोरी सारा खानसँग करिना कपुरको सम्बन्ध राम्रो रहेको छ । आफ्नै पिताको विवाहमा साराले भाग लिएकी थिइन् । दुई सन्तानका पिता सेफ अली खानसँग जेठी श्रीमतिको सम्बन्ध नराम्रो रहे पनि बच्चाहरुसँग करिनाको सम्बन्ध भने राम्रो रहेको छ ।
५. सनी–बबी देवल र हेमा मालिनी
बलिउडकी चर्चीत अभिनेत्री हेमा मालिनी सनी र बबी देवलकी सौतनी आमा हुन् । धमेन्द्रको पहिलो विहे प्रकाश कौरसँग भएको थियो । तर, हेमा मालिनीलाई सनी र बबीले आमाको दर्जा नै दिएनन् । हेमा मालिनीबाट जन्मिएका आहाना र इशासँग पनि उनीहरुले कुनै सम्बन्ध राख्न चाहेनन् । बहिनीहरुसँग राखी समेत बाधेनन् ।
६. फरहान अख्तर र सबाना आज्मी
सिंगर एक्टर डाइरेक्टर फरहान अख्तर र शबाना आज्मीको सम्बन्ध निकै राम्रो रहेको छ । शबानालाई उनले कहिल्यै पनि सौतनी आमाको नजरले हेरेनन् ।