सन् २०१६, अप्रिल १५ मा रिलिज भएको शाहरुख खान फिल्म ‘फ्यान’ मा शाहरुख खानले मोडल तथा नायिका वालुस्चा डिसुजासँग रोमान्स गरेका थिए । ३३ वर्षकी वालुस्चाले निर्देशक मनिष शर्माको ‘यस थ्रिलर’ बाट बलिउड फिल्ममा डेब्यु गरेकी हुन् । १९ वर्षको उमेरमा वालुस्चाले लभ म्यारिज गरेकी थिइन । उनी तीन बच्चा सनेल, ब्रुकलिन र सिएनाकी आमा हुन् । सन् २००२ मा मार्क रविन्ससँग उनले विवाह गरेकी थिइन । तर, उनी सन् २०१३ मा मार्कसँग डिभोर्स गरिन् । उनको परिवार नै उनी फिल्मको हिरोइन बनुन भन्ने चाहेको बलिउड सञ्चारमाध्यहरुले जनाएका छन् ।
१६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी वालुस्चाले सन् २००० मा मिस इण्डियामा भाग लिएकी थिइन । वालुस्चाको भारतीय फेसन उधोगमा उच्च साख छ । गोवामा जन्मिएकी उनी जब १० कक्षामा पढथिन त्यतिबेला एउटा मोटिभेशनल लेक्चर सुन्न गएकी थिइन । जहाँ अरु विद्यार्थीहरु अर्थशास्त्र, मनोविज्ञान तथा अन्य विषयमा विषयमा प्रश्न गरिरहेका थिए, तर उनले बलिउडमा कसरी छिर्ने भनेर प्रश्न गरेकी थिइन ।