बलीउड अभिनेता सुनिल सेट्टीलाई त दर्शकले पर्दामा नदेखेको केहि बर्ष भैसक्यो । कुनै समय बलीउडमा आफ्नो एक्सन र अभिनयका कारण चर्चामा थिए सुनिल । तर, अब सुनिलपछि उनका छोरा अहान सेट्टीले बलीउडमा पाइला राख्दैछन् ।
अहान बलिडमा प्रवेश गर्न लागेको जानकारी निर्माता करण जोहरले दिएका छन् । अहानको प्रशंसा गर्दै उनले भने– ‘अहानमा बलिउड अभिनेतामा हुनुपर्ने सबै खालको प्रतिभा छ । उनी अबका सुपरस्टार हुन् ।’अहानलाई निर्माता साजिद नाडियाडवालाले ब्रेक दिन लागेका हुन् । अहान पनि बलीउडमा प्रवेश गर्न पाउँदा खुशी छन् । बरुण धवन, टाइगर श्राफ जस्ता कलाकारले बलीउडमा हंगामा मच्चाइरहेका बेला अर्का एक बलीउडकर्मीका छोराले पनि बाउकै बिँडो थाम्ने तरखर गरेका हुन् ।