मोडल तथा टिभी प्रेजेन्टर केली ब्रूकलाई जो देख्छन् उनीहरु उनलाई ओवरवेट नै भन्ने गर्छन । तर वैज्ञानिकको यो भनाई छ कि केली एक परफेक्ट बडीकी मालिक हुन् ।
यूनिवर्सिटी अफ टेक्सासमा गरिएको एक अध्ययनका अनुसार हाइट, वजन, कपालको लम्बाई र अनुहारको आकारको आधारमा केली ब्रूकको बडीमा एक आदर्श शरीरमा हुनु पर्ने सबै गुण रहेको छ ।
यस विषयमा वैज्ञानिकले भनेका छन् कि ३४ वर्षीय मोडल केलीको यो फिगरले पुरुषहरुलाई सजिलै आकर्षित गर्छ । केलीले अहिलेसम्म प्लास्टिक सर्जरीको सहारा लिएकी छैनन । अक्सर ब्यूटी एक्सपर्ट उनको मोटोपनमाथी निशाना लगाउने गर्छन ।