नेपालमा गएको महाभूकम्पको बेला प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’ मा ‘सुनिता’ को भुमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएकी नायिका मेनुका प्रधानले दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन् । ‘रेशम फिलिली’ मा उनले बोलको संवाद ‘आँखा लाइस कि लात खाइस’ ले एकपटक राम्रै बजार पिटेको थियो । त्यसपछि उनले अभिनय गरेको चलचित्र ‘गाजलु’ गएको बर्ष बर्षमा आएको थियो र अहिले उनी अभिनित चलचित्र ‘पुरानो डुङ्गा’ प्रदर्शनरत छ । चलचित्र ‘पुरानो डुङ्गा’ मा उनले निर्वाहा गरेको ‘मनमाया’ को भुमिकालाई अहिले दर्शकहरुले राम्रै रुचाएका छन् ।अहिलेसम्म कुनै पनि स्क्याण्डलमा नफसकेकी मेनुका प्रधान ६ बर्षदेखी एक यूवकसँगको रिलेशनसिपमा छिन् । यति मात्र होइन, उनी काठमाडौंमा प्रेमीकै साथमा बस्न थालेको नै ६ बर्ष बढी भइसकेको छ । प्रेमीको नाम खुलाउन नचाहेकी मेनुकाले एक अन्तर्वार्तामार्फत आफु ६ बर्षदेखी लिभिङ टुगेदरमा रहेको बताएकी हुन् । उनले भनिन्, ‘उहाँ पनि नेपाली चलचित्र क्षेत्रको वरिपरिनै हुनुहुन्छ । हाम्रो भेट आज भन्दा ६ वर्ष पहिला काठमाडौंमा नाटक गर्ने क्रममानै भएको थियो । उहाँको सहयोगले मलाई अहिले कलाकारिताको क्षेत्रमा धेरै सहज भएको छ । सन् २०१० देखि हो मैले नाटक खेल्न सुरु गरेको । त्यो बेलादेखि नै हामी सँगै छौँ । अहिले मंसिरको समय विवाहको कुरा त भैरहन्छ । मेरो प्रेमीको घरबाट पनि विवाहको कुरा भैरहेको छ । मेरो घरबाट भने खासै विवाहको कुरा भएको छैन । हामीले कहिले विवाह गर्छौँ त्यो अहिले नै थाहा छैन ।’
६ वर्ष देखी लिभिङ टुगेदरमा रहेकी मेनुकाले केही बर्ष भित्रमा नै विवाह गर्ने पनि बताएकी छिन् ।