सलमान खानकी प्रेमिका लुलिया भन्तूरले भारत आफुलाई निकै मनपर्ने देश रहेको बताएकी छिन् । आफ्नो गित एभ्री नाइट एण्ड डे को सार्वजनिक कार्यक्रममा अमत्मविश्वासका साथ प्रस्तुत भएकी लुलियाले पहिलो चोटी भारतीय मिडियासँग मुख खोलेकी हुन् ।
उनलाई पत्रकारहरुले सलमान खानसँग उनको सम्बन्धको बारेमा प्रश्न गरेका थिए, त्यसको जवाफमा उनले सलमान उनको घनिष्ठ मित्र भएका र भारतमा उनलाई ल्याउनुमा सलमानको ठूलो हात रहेको बताएकी थिइन ।
सो समय उनले भारत र भारतिय सस्ँकृति आफुलाई धेरै मनपर्ने पनि बताएकी थिइन् ।
त्यस्तै उनले भारत आएपछि पहिलो चोटि भारत छोड्ने बेलामा उनलाइ धेरै नरमाइलो लागको पनि खुलासा गरेकी छिन् । उनले भनिन्–‘मेरा लागि भारत, भारतीय संस्कृति र भातीय जनताले म प्रति दर्शाएको प्रेम निकै महत्वपूर्ण छन् । कुनै समय म पहिलोचोटी भारत छोड्नुपर्दा डाँको टोडेर रोएकी थिएँ ।’ के तपाई सलमान खानको लागि पनि गीत गाउनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले टाउको हल्लाउँदै सकरात्मक जवाफ दिएकी थिइन् ।