बलीउड अभिनेता शक्ति कपुरकी छोरी नायिका श्रद्धा कपुर आफ्नो फिटनेशलाई लिएर निकै चिन्तित छिन् । उनी अझै स्लीम हुन चाहन्छिन् ।
रिपोर्टहरुका अनुसार श्रद्धाले वजन कम गर्ने प्रक्रिया सुरु गरिसकेकी छिन् । यसका लागि उनले केवल सेलिब्रिटी ट्रेनर र न्युट्रीसियनको मात्र हायर गरेकी छैनन् खास किसिमको खानपिनका लागि टिफिन समेत लगाएकी छन् ।
खास कुरा त के छ भने यो टिफिनका लागि उनी हरेक महिना डेढ लाख भारती रुपैयाँ खर्च गरिरहेकी छिन् । श्रद्धाका बुवा शक्ति पन्जाबी र आमा शिवाङगी कोल्हापुर मराठी परिवारसँग सम्बन्धित छन् । तर, श्रद्धा दुवै राज्यको ब्यन्जनलाई अस्वीकार गरिरहेकी छन् । उनले जो टिफिन लगाएकी छिन्, त्यसमा ६ प्रकारका तत्व सामेल छन् । जसमा प्रोटिन, नट्स, वीन्स र सलादको मात्रा उच्च छ । उनी आफ्नो फुड मेनुलाई निकै मन पराइरहेकी छिन् ।
सन् २०१३ मा ‘आशिकी २’ बाट बलिउडमा परिचय बनाएकी श्रद्धा ‘हैदर’, ‘एक भिलेन’, ‘एबीसीडी २’ जस्ता हिट फिल्ममा देखिइसकेकी छिन् ।