बलीउड नायक सलमान खान अहिले चलचित्रमा मात्र होइन टेलिभिजनमा पनि उत्तिकै धमाकेदार रुपमा प्रस्तुत भइरहेका छन् ।
उनको टिभि कार्यक्रम ‘बिग बोस’ अहिलेपनि भारतमा सर्वाधिक मन पराइने कार्यक्रममा पर्दछ । कतिपयले सलमानको क्रेजकै कारण पनि ‘बिग बोस’ ले यो सफलता हात पारेको पनि बताउने गरेका छन् ।
सायद त्यसैले होला अब रियालिटी सो ‘दिल है हिन्दुस्तानी’ गायन प्रतियोगिताले पनि विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई होस्टका रुपमा भित्र्याउन लागेको खबरले यतिबेला बलिउड तातेको छ ।
यो रियालिटी सो कलर्सको प्रतिस्पर्धी च्यानल स्टार प्लसले ल्याउन लागेको बताइएको छ । तर निर्माण पक्षले भने यसबारेमा आधिकारिक रुपमा यसको बारेमा केही पनि बोलेको छैन ।
यसको कारण निर्माण पक्ष अहिले एैश्वर्यालाई मनाउन लागिपरेको पनि भनिएको छ । यसबारेमा एैश्वर्याले अहिलेसम्म केही पनि नबताएको र निर्माण पक्ष उनलार्य मनाउने प्रयत्न गरिरहेको बताइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार निर्माण पक्षले निर्माता करण जोहरसँग पनि ऐश्वर्यालाई मनाइदिन आग्रह गरेको बताइएको छ ।
यदि एैश्वर्याले सहमति जनाएको अवस्थामा उनी अन्य जर्जहरुसँगै देखिनेछिन् भने सलमान खानको नयाँ प्रतिश्पर्धीका रुपमा पनि उभिनेछिन् ।
बलिउडका अन्य हस्तिहरु शाहरुख खान, अमिताभ बच्चन, सिल्पा सेट्टी लगायतका कलाकारहरुले पनि टिभिका दर्शकसमक्ष कार्यक्रममार्फत उपस्थित भएपनि सलमानलाई अहिलेसम्म कसैले पनि पछि पार्न सकेका छैनन् । के ऐश्वयाले अब सलमानलाई पछि पार्न सक्छिन् त ? त्यो भने समय आएपछि मात्रै थाहा होला ।