हलीउड सिंगर मारिया कैरी मावी, हवाईबीचमा ब्ल्याक बिकनीमा देखिएकी छिन् । त्यहाँ उनी एक्लै भने थिइनन्, त्यहाँ उनी आफ्नो न्यू लभरसँग थिइन र निकै मस्ती पनि गरेकी छिन् । मारिया अहिले न्यू लभर कोरियोग्राफर ब्रायन तनाकासँग डेट गरिरहेकी छिन् । ब्रायन, मारियाभन्दा १३ बर्षले कान्छा छन् ।
उनको फोटोज सोशल साइट्समा निकै भाइरल भइरहेको छ । बताइदिउँ कि पछिल्लो केही बर्षदेखी मारिया बिजनेसम्यान जेम्स पैकरसँगमा डेट गरिरहेकी थिइन । तर, अहिले उनीहरुको ब्रेकअप भइसकेको छ ।
जेम्स पैकरसँग ब्रेकअप भएपछि मारियाले ब्रायनसँग डेट गर्न सुरु गरेकी हुन । यि दुईले हवाईबीचमा गरेका मस्तीको फोटोहरुमा निकै रमाइरहेको देख्न सकिन्छ । फोटोमा यि दुई एकअर्कालाई किस गर्दै गरेको अबस्थामा पनि देखिएका छन् ।