हलीउड अभिनेत्री जेसिका अल्बा हरेक रात आफ्नो कपालमा जैतून वा नारियलको तेल लगाउने गर्छिन । सुत्रका अनुसार, जेसिकाको दुई छोरी छन् अनर र हैवन ।
जेसिकालाई उनकी आमाले सानैदेखी नै कपाल र त्वचाको स्याहार सुसार गर्न सिकाएकी थिइन । त्यसैले उनी यो कार्यमा सधै समय निकाल्ने गर्छिन ।
एक पत्रिकालाई दिएको अन्तर्वार्तामा जेसिकाले भनिन, ‘मेरो आमाले मलाई सधै नै आफ्नो कपाल र त्वचाको ख्याल राख्न सिकाउनु भएको थियो । म निकै कम उमेरदेखी यो कार्य गरिरहेकी छु । मलाई आमाले हरेक रात कपालमा नारियल वा जैतूनको तेल लगाउन सल्लाह दिनु हुन्थ्यो ।’
सुन्दरताको सुझाबको विषयमा जेसिकाले भनिन, ‘मान्छेका लागी भित्री सुन्दरता निकै आबश्यक हुन्छ र म यसमा बढी जोड दिन्छु । यदी यो सोच सबैमा हुने हो भने जिन्दगीमा धेरै फरक देख्न पाइन्छ ।’