बताइदिउँ कि केही दिन अगाडी मात्र अमिताभ बच्चनकी बुहारी एक्ट्रेस ऐश्वर्या रायको सुसाइड अटेम्प्टको खबर सोशल मीडिया र WhatsApp मा निकै भाइरल भएको थियो । जब बिग बीलाई यस वषयमा भारतीय पत्रकारहरुले प्रश्न सोधे तब उनले कुनै पनि प्रश्नको उत्तर दिन मानाही गरे । हिमेश रेशमिया र सलमान खानकी कथित गर्लफ्रेण्ड यूलिया वंतूरको म्यूजिक एल्बम ये है मौसिकीको लन्चमा भएको प्रेस कन्फ्रेन्समा अमिताभ सहभागी भएका थिए । तब ऐश्वर्याको सुसाइड अटेम्प्टको अफवाहमा उनको रिएक्शन मागिएको थियो ।
प्रश्न सुनेपछि बिग बी सिम्पल तरिकाबाट देख्दै मुस्कुराइरहे मात्र तर प्रश्नको उत्तर दिन भने आबश्यक ठानेनन् ।
रिपोर्ट्सका अनुसार, ऐश्वर्या आफ्नो बैबाहिक जीवनदेखी दिकदार छिन् । त्यसैले उनले आफैलाई सुसाइड गर्ने कोशिश गरेको बताइएको छ । बताइएको छ कि जबदेखी ऐश्वर्याले ‘ऐ दिल है मुश्किल’ मा बोल्ड सीन दिइन, तबदेखी बच्चन परिवारमा उनको सम्बन्ध राम्रो छैन ।
यो पनि दाबी गरिएको छ कि जब बच्चन परिवारले यो देखे कि ऐश्वर्याले आफ्नो हात काटेको तब डाक्टरलाई घरमा नै बोलाएका थिए । यति मात्र होइन, एक ब्लगमा त यहाँसम्म पनि लेखिएको छ कि जतिखेर ऐश्वर्या होशमा आइन, तब उनले भनिन्, ‘मलाई मर्न देऊ । यस तरिकाको जिन्दगी जिउनु भन्दा बरु म मर्न चाहन्छु ।’