१९७० को दशकको बलिउडको हिट फिल्म ‘इत्तेफाक’ को सिक्वेल निर्माण हुने भएको छ । त्यतिबेलाका सुपर स्टार राजेश खन्ना र नन्दाले अभिनय गरेको यो फिल्म दर्शकले सर्वाधिक रुचाएको फिल्ममा पर्छ । त्यत्तिबेला सो फिल्मलाई यस चोपडाले निर्देशन गरेका थिए । निर्माण हुन लागेको नयाँ इत्तेफाकमा यसपटक अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री सोनाक्षी सिन्हाले अभिनय गर्दै छिन् । यी दुई कलाकार अहिले यस फिल्मको कास्टिङ वर्कसपमा छन् । एक समयको हिट फिल्मको रिमेक बन्न लागेको र सो फिल्ममा पाफूलाई नायिकाको रूपमा प्रस्ताव गरिएकाले इत्तेफाकमा काम गर्न आफू तयार भएको सोनाक्षीले बताएकी छन् । फिल्म अहिलेको परिवेशमा निर्माण हुने र पहिलाको जस्तै दर्शकको मन जित्ने बन्ने आफूले विश्वास लिएको यी अभिनेत्रीको भनाइ छ ।
नयाँ इत्तेफाकबाट रबी चोपडाका छोरा अभय चोपडा निर्देशनमा उत्रँदैछन् । आफूलाई इत्तेफाक साह्रै मन परेकाले आफूले इत्तेफाक निर्देशनमा हात हालेको अभयले बताएका छन् ।