चर्चित हास्यकलाकार आर.पी भट्टराईको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाण्डौबाट आफ्नो घर विराटनगर गएका थिए । बिहिबार बेलुकी फूपूको घरमा गएका आर.पी बिहान मृत अवस्थामा भेटिएका थिए । तीतो–सत्यमा ‘राजालाम’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका आर.पीले दर्जनौं टेलिसिरियलसँगै नेपाली चलचित्रमा काम गरिसकेका छन् ।
४२ बर्षका आर.पीले आफ्नो स्वरमा केही कमेडी गीतहरु पनि गाएका छन् । हास्यकलाकार दीपकराज गिरीले दिएको जानकारी अनुसार आर.पी भट्टराई सुगर र प्रेसरबाट पीडित थिए । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । उनको २ छोरा पनि छन् । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीत केही हप्ता अगाडी सार्वजनिक भएको थियो । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।