हलीउड फिल्म ‘स्पाइडरम्यान ३’ ले बक्सअफिसमा निकै धुम मच्चाएको थियो । अब यो फिल्मको अर्को पार्ट ‘स्पाइडरम्यान होमकमिंग’ चाँडै प्रदर्शनमा आउने तयारीमा रहेको छ । अहिले फिल्मको ट्रेलर सोशल साइटमा निकै भाइरल बनिरहेको छ ।
स्पाइडरम्यान होमकमिंग एक टीनएजर स्पाइडी पार्करको कहानी हो, जो आफ्नो संरक्षक आयरनम्यानको इम्प्रेस गर्न चाहन्छन् । स्पाइडरम्यानको रोल टम होलेन्डले निर्वाहा गरेका छन् ।
टीजरमा पार्करको हाई स्कूल, उनका साथी र भिलेन माइकल कीटन देखिएका छन् । फिल्म स्पाइडरम्यान होमकमिंगलाई जन वाट्सले डायरेक्ट गरेका हुन ।