कंगना रनोटले आफ्नो पारिश्रमिक बढाएकी छिन् । ताजा गसिप यो छ कि कंगनाले आफ्नो पारिश्रमिक १५ करोड बनाएकी छिन् । बताइएको छ कि उनले दुई निर्मातासँग यो रकम पारिश्रमिकको रुपमा मागेकी छिन् । तर, यो स्पष्ट भएको छैन कि प्रोड्यूसर्सले उनको पारिश्रमिक दिन तयार भए वा भएनन् । कंगनाको पछिल्लो फीसको कुरा गर्ने हो भने रिपोर्ट्सका अनुसार, अहिलेसम्म उनले ३ करोड पारिश्रमिक लिदै आएको खबर छ । यदी उनको पारिश्रीमक १५ करोड भयो भने उनको फीस सिधै ५ गुनाले बढ्ने छ ।
यदी कंगनाले १५ करोड पारिश्रमिक लिइन भने उनी बलीउडकै सबैभन्दा महँगी नायिका पनि बन्नेछिन् । अहिलेसम्म सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा बलीउड अभिनेत्री दीपिका पादुकोण छिन् । रिपोर्ट्सका अनुसार, संजय लीला भंसालीको फिल्म पद्मावतीका लागी उनले १३ करोड पारिश्रमिक लिएको खबर छ ।