अहिले २०१६ साल लगभग आफ्नो अन्त्यतीर छ । २०१६ मा बलिउडमा थुप्रै फिल्म रिलिज भए जसमध्ये अधिकाशंले दर्शकलाई निराश बनाए । तथापी केही यस्ता फिल्म पनि आए जसले दर्शक र समिक्षक दुबैलाई खुशी पार्यो। उनीहरूले वक्सअफिसमा पनि राम्रो कमाइ गरे। यसरी दर्शक र समिक्षकको मन जित्दै वक्सअफिसमा शतप्रतिशत नाफा गर्ने ६ फिल्म यी हुन्।
१. निरजा : यस सूचिको सबैभन्दा माथी रहेको छ सोनम कपुर स्टारर ‘निरजा’ । २१ करोडको लागतमा बनेको यस वायोपिकले ७६ करोड कमाइ गर्यो। फिल्मले लगानी उठाएर ५५ करोड नाफा गर्यो अर्थात लगानीको २६० प्रतिशत मुनाफा कमायो। फिल्मले कमाइका हिसाबले सलमान खानको ‘सुल्तान’माथी भारी भयो।
२. सुल्तान : ९० करोडको बजेटमा बनेको यस फिल्मले ३०० करोड कमायो। प्रतिशतका हिसाबले फिल्मले २३४ ५ नाफा हात पार्यो।
३. पिंक : २१ करोड भारूमा बनेको फिल्मले ४७ करोड कमाउँदै २२४% मुनाफा आर्जन गर्यो।
४. एयर लिफ्ट : अक्षय कुमारको यस फिल्मले २२३% नाफा कमायो। फिल्म ४० करोडमा बनेको थियो भने कमाइ १२९ गरेको थियो।
५. रूस्तम : ४० करोडको लगानी रहेको फिल्मले २१८% नाफा कमायो। यसको कुल आर्जन १२७ करोड थियो।
६. बागी : टाइगर श्राफ तथा श्रद्धा कपुर स्टारर ‘बागी’ ले १००५ नाफा कमायो। २८ करोडमा बनेको फिल्मले ७६ करोड कमायो।