अभिनेत्री सनी लियोनीले अहिले हिन्दीको ट्युसन पढिरहेको बताएकी छिन् । तर, आफूले बलिउडका फिल्म खेल्नुमा भाषाको ठूलो प्रभाव नहुने पनि उनले बताएकी छिन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘म जान्दछु, मलाई फिल्ममा विशेष रोलका लागि लिइन्छ र म त्यो रोल राम्रो गर्न लागिरहेकी हुन्छु ।’ बलिउडमा महिलालाई ‘अब्जेक्टिफाइ’ गर्ने विषयमा सनीको फरक धारणा छ । उनी भन्छिन्, ‘यहाँ पुरुषलाई पनि त उपभोग गरिन्छ । ऋतिकले सर्ट उतारेको के उपभोग होइन ?’ तैपनि उनी बलिउडमा महिला र पुरुषबीच भेदभाव रहेको कुराचाहिँ स्विकार्छिन् । ‘हिन्दी फिल्मका लागि अत्यन्त धेरै सम्झौता गर्नुपर्ने रहेछ,’ उनले भनेकी छिन्, ‘तर, म सम्मानमा चाहिँ सम्झौता गर्दिनँ ।’