हास्यटेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निर्वाहा गरेपछि रातारात चर्चित बनेका विल्सन विक्रम राई अहिले एक बलीउड चलचित्रको छायाँकनमा व्यस्त छन् । उनले अहिले बलीउड अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरिरहेकी छिन् । सलमान खान स्टारर चलचित्र ‘वान्टेड’ मा ‘जान्हवी’ को भूमिका निर्वाहा गरेकी आयशासँग काम गर्न पाउँदा विल्सन विक्रम दंग परेका छन् । नाम खुलाउन नचाहिएको उक्त बलीउड चलचित्रको प्रत्येक दृश्यमा विल्सन विक्रमले नेपाली ढाकाटोपी लगाएर अभिनय गर्ने बताइएको छ ।
‘सिनेखबर डटकम’ लाई प्राप्त केही तस्विरहरु पनि विल्सनले ढाकाटोपी लगाएको देख्न सकिन्छ । १५ सिनका लागि उक्त चलचित्रमा अनुबन्धित विल्सन सबै दृष्यमा आयषासँग प्रस्तुत हुनेछन् । महाराष्ट्रको पुना स्थित एक कोलोनीमा केही दिन देखि छायाँकनरत चलचित्रमा विल्सनले पहिलो पटक काम गर्न लागेका हुन ।
प्राप्त खबरका अनुसार, भारतबाट नेपालमा कन्र्सट गर्न आएको एक सांगितिक समुहका सदस्यले विल्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि सिफारिस गरेको थिए । यो चलचित्रमा आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।