फेमस पप सिंगर, सन्ग राइटर, एक्ट्रेस टेलर स्विफ्टको जन्म १३ डिसेम्बर १९८९ मा भएको थियो । उनले मात्र १२ बर्षको उमेर देखी नै संगीतमा आफ्नो पाइला अगाडी बढाएकी थिइन र आफ्नो गीत ‘Lucky You’ लेखेकी थिइन । त्यस दौरान ‘Big Machine Records’ को साथ उनले साइन गरिन् र उनी सबैभन्दा कम उमेरमा नै सन्ग राइटर बनिन् । तपाईहरुलाई बताइदिउँ कि उनले २००६ मा स्विफ्ट टाइटलको नामबाट आफ्नो डेव्यू एल्बम निकालेकी थिइन । यो एल्बमले उनलाई संगीतको दुनियाँमा चर्चित बनायो । २००८ मा उनले दोस्रो एल्बम फियरलेस निकालिन । २००९ मा यो एल्बम यूनाइटेड स्टेटमा बेस्ट सेलिंग एल्बमको सूचीमा समेत सोमल भयो । यही एल्बमबाट उनले ४ ग्रेमी अवार्ड समेत जितिन् ।