प्रियंका चोपडाले १७ वर्षको उमेर भइन्जेलसम्म न कहिल्यै हाइहिल लगाइन् न मेकअप न गरिन् । तर, उनी एक राम्रो लेखक, कवयत्री र सिंगर हुन् । उनलाई धेरै भाषाको ज्ञान छ । उनी धेरै भाषा समेत बोल्ने गर्छिन् । उनी जिद्दी स्वभावकी समेत छिन् । उनी आफुलाई जे गर्न मन लाग्छ त्यो काम सकेरै सास लिने गर्छिन् । यी सबै रहस्य उनकी आमाले खोलेकी हुन् ।
आमा मधु चोपडा प्रियंकाको विषयमा उनले हालै आयोजित एक कार्यक्रममा बताएकी हुन् । मराठी फिल्म भेन्टीलेटरको रिलिज हुने अवसरमा उनीसँग मिडियाले प्रियंकाबारे चर्चा गरेको थियो । मधु भन्छिन्,‘प्रियंकाको घरमा उनको लाइबरी छ । करिब ८००० देखि ९००० सम्म किताब छन् । कहिल्यै काही ढिलो भएमा उनी लज्जित हुने गर्छिन् र माफी माग्छिन् ।’ प्रियंका आफ्नो छोरी भएको आफु गर्वको महसुस गर्ने उनले बताइन् । आठ कक्षामा पढ्दा प्रियंकालाई डायरी लेख्ने बानी थियो । यतिका वर्षसम्म उनले धेरै डायरीहरु लेखिसकेकी छिन् । सानो छदाँ टमबोइ टाइपको भएको र धेरै बुद्धिमानी समेत रहेको उनले बताइन् । मधुलाई लाग्छ बच्चा हुँदा अलिकति भनेपनि चुलबुल हुनपर्छ जसले शारिरीक र मानसिक विकास गर्छ ।