बलिउड अभिनेत्री करिना कपुर अबको केही दिनमा नै आमा बन्दैछिन । चिकित्सकले उनलाई २० डिसेम्बरको मिति दिएका हुन् । तर, यसको अर्थ के होइन भने करिना बाहिर निस्केकै छैनन् । उनी गर्भवती भएको समाचार आएपछि पनि उनले निकै धेरै काम गरिन्, केही फिल्मको सुटिङ गरिन् । काममा सक्रिय भएकाले पनि बलिउडमा उनको व्यापक प्रशंसा भयो । तर, पछिल्लो समय उनी बिरामी भएको खबर आएपछि बलिउडमा चिन्ता छाएको छ ।
केही दिनअघि करिना पनि मनीष मलहोत्राको ‘बर्थडे पार्टी’मा पुगेकी थिइन् । भारतीय मिडियाको रिपोर्टअनुसार करिनाको रक्तचाप अचानक बढेपछि केही दिनअघि मध्यरातमै उनको घरमा चिकित्सक बोलाउनुपरेको थियो । तर, अब उनको स्वास्थ्यमा निकै सुधार आएको उनका बाबु रणधीर कपुरले जानकारी दिएका छन् ।