बलीउड अभिनेता अमिताभ बच्चनको बारेमा धेरै कुराहरु बाहिर आइसकेका छन् । इलाहाबादमा जन्मेर नैनीताल तथा दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै अफ्ठ्यारा र दुखका दिनहरु झेल्नुप¥यो । पहिले उनी इन्जिनियर अथवा सैनिकमा सामेल हुन चाहन्थे, तर समयसँगै उनी अभिनयमा लागेर स्थापित भए । दिल्लीमा पढाइ पूरा गरेपछि अमिताभले पहिलो जागिर कोलकात्ताको ‘सपिङ फर्म’ मा काम गरे । त्यहाँ उनको सुरुवाती तलब पाँच सय रुपैयाँ थियो । धेरै तलब पाउने भएपछि उनले छोटो समयमै आफ्नो काम बदले । ‘ब्रोकर’ भएर जागिर खाएपछि उनको अन्तिम तलब १६८० भारतीय रुपैयाँ भयो । त्यही जागिर खाँदा अमिताभले कोलकत्तामै फिएटको ‘सेकेन्ड ह्यान्ड’ गाडी किने । तर, त्यो जागिरले पनि उनलाई सन्तुष्टि दिएन । भारतको राष्ट्रिय रेडियो ‘अल इन्डिया रेडियो’ मा समाचारवाचकका रूपमा काम गर्न अमिताभले आवेदन दिए । प्रारम्भिक परीक्षामा पास भएका अमिताभ ‘भ्वाइस टेस्ट’ पछि फालिए । सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’ मा अभिनय गरेपछि अमिताभको चर्चा हुन थाल्यो । त्यो फिल्मबाट अमिताभले एक हजार भारतीय रुपैयाँ पारिश्रमिक पाएका थिए ।
तर, यो र यसपछि अमिताभले अभिनय गरेका ११ फिल्महरु लगातार ‘फ्लप’ भए । उनको पहिलो ‘हिट’ फिल्म ‘जंजिर’ हो, जुन सन् १९७३मा ‘रिलिज’ भएको थियो । त्यसपछि अमिताभले आफ्नो करियरलाई कहिले पछाडी फर्किएर हेर्नु परेन । अहिले पनि बलीउडमा कोहिँ अभिनेता यो उमेरमा पनि व्यस्त हुन्छ भने ति अमिताभ बच्चन नै हुन । अहिले पनि उनको हातमा आधा दर्जन बढी सिनेमाहरु छन् ।