लन्डनबाट प्रकाशित हुने इस्टर्न आइ नामक एक पत्रिकाले बलिउड अभिनेत्री दीपिका पादुकोणलार्इ एसियाकै कामुक महिला घोषित गरेको छ । उक्त पत्रिकाले हरेक वर्ष घोषणा गर्दै आएकोमा सन् २०१६ का लागि दीपिका एसियाकै सेक्सी महिलाका रुपमा घोषित भएकी हुन् । अघिल्लो वर्ष प्रियंका चोपडालाई यस्तो उपाधी दिइएकोमा अहिले उनलाई उछिन्दै दीपिका एसियाकै कामुक महिलामा दर्ज भएकी हुन् ।
त्यसैगरी उक्त पत्रिकाले अन्य ६ जनालाई पनि टप सिक्स सेक्सिट वमन (कामुक महिला) का रुपमा सार्वजनिक गरेको छ । टप सिक्स भित्र पर्नेहरुमा प्रियंका चोपडा, निया शर्मा, दृष्टि धामी, आलिया भट्ट, सानिया इरानी रहेका छन् ।