आमिर खानले आफ्नो नयाँ फिल्म ‘सीक्रेट सुपरस्टार’ को टीजर ट्विटरमार्फत सार्वजनिक गरेका छन् । टीजरमा आमिर एक नयाँ अवतारमा देखिएका छन् । आमिर खान यो फिल्ममा केमिओको रोलमा छन् । करीब डेढ मिनटको टीजर जैरा वसीम नामकी एक यूवतीमाथी फोकस गरिएको छ, जो संगीतकार बन्न चाहन्छिन् । उनी गिटार बजाउन रुचाउँछिन् र आफ्नो आवाज पूरा दुनियाँलाई सुनाउन चाहन्छिन् । तर, उनका पिता यो चाहँदैनन् कि छोरी संगीतकार बनोस् । त्यसपछि उनी बुर्का लगाएर सीक्रेट सुरस्टार बन्न जुट्छिन् । यो फिल्म अर्को बर्षको ४ अगष्टमा रिलिज हुँदैछ । फिल्ममा म्यूजिक अमित त्रिवेदीले दिएका छन ।