यस बर्ष जनवरीमा कटरीना कैफसँग ब्रेकअपपछि रणबीर कपूरले पहिलो पटक आफ्नो रिलेशनको विषयमा मुख खोलेका छन । उनले भने, “जब म रिलेशनशिपमा थिएँ, तब मेरो रिलेशनशिप गलतसोचको शिकार भयो । अब जब म छैन, म यो चाहन्न कि फेरी पनि कुनै गलतसोच पैदा होस् । त्यसैले म यसको एक सम्मानजनक अन्त्य चाहन्छु ।
उनले अगाडी भने, “सिंगल रहनु निकै बोरिंग हुन्छ, फ्रस्ट्रेटिंग हुन्छ, एक्लोपन महशुस हुन्छ, खुशी तब महसूस हुन्छ जब म यो कुरा कसैलाई शेयर गर्छु । जब तपाईको पासमा कोहिँ हुन्छ तब तपाई आफुलाई सम्हालिएको महशुस गर्नुहुन्छ । हो, त्यसैले एक्लो हुनुमा कुनै मज्जा हुँदैन ।” जग्गा जासूस फिल्मकी शूटिंगको क्रममा कटरीना कैफ र रणबीर कपूरको ब्रेकअप भएको थियो ।