सलमान खानको जीवनमा धेरै युवतीहरुको प्रवेश भयो । तर, छोटो समयमा नै ती सम्बन्धहरु टुटे । कति युवतीप्रति सलमान खानको ठुलो लगाव रहेको थियो भने केही युवतीहरु सलमान भनेसी मरिहत्ते गर्थे । सलमान खान अझै पनि अविवाहित नै रहेका छन् ।
उनको विवाहका विषयका कारण मिडियामा ठुलो चर्चा आज पनि उत्तिकै हुने गर्छ । उनको युवतीहरुको सम्बन्धलाई लिएर पनि मिडियाका विषय बन्ने गर्छन् । कतिले त उनलाई भर्जिन समेत भन्ने गर्छन् । तर, उनलाई फिल्ममा सफलता पाउनका लागि युवतीहरुले प्रयोग गर्ने समेत गरेको केही फिल्म विश्लेषकहरु बताउने गर्छन् ।
उनी बलिउड फिल्ममा सफलता पाउन सिंगनलै भएजस्तो पनि गर्छन् । उनका जीवनमा आएका १० युवतीहरु, केही युवतीहरु बलिउडका चर्चीत अभिनेत्रीहरु समेत रहेका छन् ।
१.सलमान खान र संगिता बिजलानी
सन् १९८० को दशकमा यो जोडीको व्यापक चर्चा रहेको थियो । संगिताले सलमान खानसँग भेट्नुपुर्व मिस इण्डियाको ताज जितेकी थिइन् । उनीहरुले एकअर्कालाई केही वर्ष डेट गरे र ब्रेकअप गरे ।
२.सलमान खान र सोमी
सलमान खान र सोमी मिल्ने साथी थिए । तर, साथीभन्दा भन्दै उनीहरु कतिखेर प्रेममा परे थाहा नै भएन । सन् १९९३ मा सोमी १९ वर्षकी थिइन् । सलमान खानको पिउने बानी र पोजेशिभनेस व्यवहारका कारण उनले सलमान खानलाई छोडेको बताइएको छ ।
३. सलमान खान र ऐश्वर्या राय
बलिउडको सबैभन्दा चर्चीत रोमान्समा सलमान खान र ऐश्वर्या रायको नाम शिर्षस्थानमा आउने गर्छ । उनीहरुले हम दिल दे चुके सनम फिल्मको सुटिङ सेटबाट डेटिङ गर्न सूरु गरेका थिए । मिस वल्र्ड ऐश्वर्या राय सलमान खानको मुटु थिइन् । तर, यहाँ पनि सलमान खानको व्यवहारको कारण उनीहरुले सन् २००२ मा ब्रेकअप गरे ।
४. सलमान खान र स्नेहा उलाल
ऐश्वर्या रायसँग ब्रेकअप भएपछि सलमान खानले उनीजस्तै युवतीको खोजी गरे । उनको भेट स्नेहा उलालसँग भयो । उनले फिल्म लक्कीमा उनलाई खेलाए पनि । फिल्म हिट पनि भयो तर यो जोडी असली जीवनमा भने फ्लप भयो । उनीहरुको सम्बन्ध धेरै दिन टिकेन ।
५. सलमान खान र कटरीना कैफ
सन् २०१० मा सलमान खान कटरीनासँग सिरियस सम्बन्धमा थिए । सलमान खान र कटरीनाले केही वर्ष एकअर्कालाई डेटिङ पनि गरे । तर, सलमान खानलाई धोका दिदै कटरीनाले रणवीरलाई डेटिङ गर्न थालिन् ।
६. सलमान खान र क्लाउडिया सेस्ला
कटरीनाले छोडेर गएपछि एकला बनेका सलमान खानको जीवनमा जर्मन मोडल क्लाउडिया आइन् । उनीहरु धेरै सार्वजनिक कार्यक्रममा पनि देखिए । घरमा लगेरै सलमानले उनलाई परिचय गराएका थिए । तर, एक्कासी उनीहरुको सम्बन्धमा के भयो खुलासा हुन सकेको छैन ।
७. सलमान खान र जरिन खान
कटरीनाले धोका दिएपछि उनीजस्तै युवतीको खोजीमा रहेका सलमान खानको भेट जरिन खानसँग भयो । उनी कटरीना जस्तै देखिन्छिन् । उनलाई फिल्म ‘बिर’ मा सलमान खानले डेब्यु गराए । राम्रो साथीहरु भने पनि उनीहरु एकाअर्का डेट गर्ने गरेको हल्लाले बलिउड तताएको थियो । पछिल्लो समय बोल्ड अवतारका लागि जरिन चर्चामा रहेकी छिन् । जरिनसँगको सम्बन्ध पनि सलमान खानले सिरियस रुपमा लिएनन् ।
८. सलमान खान र महेक चाहेल
सलमान खान र महेक चाहेलको सम्बन्धका बारेमा त्यति ठुलो हल्ला भने चलेको थिएन । तर उनीहरु बिगबोस रियालिटी शोमा भेटिएका थिए । उनीहरुले एकअर्कालाई डेट गरेको खुल्न आएको थियो । तर, उनीहरुले यस कुराको अस्विकार गरेका थिए ।
९. सलमान खान र डेजी शाह
डान्सर तथा कोरियोग्राफर डेजी शाहलाई फिल्म जय हो मा सलमान खानले डेब्यु गराए । उनीहरु बिच रोमान्स चलेको हल्लाले उत्तिकै चर्चा पायो । सलमान खान आफ्नो आइडियल भएको भन्दै डेजी सलमान खानसँगको सम्बन्धबारे केही बोल्न रुचाइनन् ।
१०.सलमान खान र युलिया वन्तर
सलमान खान र युलियाको सम्बन्धले हाल बलिउड बजार तताइरहेको छ । सलमान खानले विवाह गर्ने हल्लाले ठुलो चर्चा पाएको छ । पछिल्लो समय युलिया र सलमानको परिवारबिच पनि सम्बन्ध निकै नजिकिएको छ । चर्चामा रहेका सलमान खानले पनि आउने नोभेम्बरमा विवाह गर्ने बताइरहेका छन् ।