सकभर कलाकारहरु आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न चाहन्छन् किनकी यसले आफ्नो फ्यान फलोइङ घट्न सक्ने सम्भावना बढी हुन्छ । तर, यस्ता कुनै पनि कुराहरुको प्रवाह नगर्ने जोडी पनि नेपाली सिनेवृतमा केही छन् । नायिका नम्रता श्रेष्ठ यो मामिलामा सबैभन्दा उदार छिन् । उनी प्रेममा रहेको कुरा लुकाउन चाहन्नन् । अहिले दावा स्टीभनसँगको प्रेममा रहेकी नम्रतालाई पछिल्लो समय प्राय सार्वजनिक कार्यक्रमहरुमा नै प्रेमीसँग भेट्ने गरिन्छ । नायिका नम्रता मात्र होइनन्, अर्की नायिका बर्षा राउत पनि यो मामिलामा उदार नै छिन् । उनी केही बर्षदेखी नायक तथा व्यबसायी सञ्जोग कोइरालासँगको प्रेममा छिन् । अहिले उनीहरुको प्रेम देख्दा जो काहिँ डाहा गर्छन । सार्वजनिक कार्यक्रममा जाँदा होस् वा अन्य व्यक्तिगत काममा नै किन नहोस् सञ्जोगको कारमा सधै भेटिन्छिन् बर्षा । पहिलो चलचित्र ‘नाइँ नभन्नू ल ४’ सफल भएपछि बर्षाको डिमाण्ड नेपाली चलचित्रमा अन्य नायिकाहरुको भन्दा कम छैन । ‘नाइँ नभन्नू ल ४’ सफल भएपछि उनले चलचित्र ‘छक्का पन्जा’ मा काम गरिन् । ‘छक्का पन्जा’ मा नायिका प्रियंका कार्कीको भन्दा पनि बर्षा राउतको भूमिकालाई दर्शकहरुले खुबै रुचाए । यो चलचित्रले हिजो मात्र प्रदर्शनको सय दिन मनाएको छ । यसपछि उनले अभिनय गरेको चलचित्र ‘जात्रा’ प्रदर्शनमा आयो । यो चलचित्र पनि गएको शुक्रबारबाट सफलतापूर्वक छैटौं हप्तामा प्रदर्शन भइरहेको छ । लगातार तीन चलचित्र सफल भएपछि अहिले बर्षाको सुखीको सिमा छैन । तर, लगातार तीन चलचित्र सफल भएपछि अब बर्षालाई आगामी दिनमा सफलताको ह्याट्रिक मार्न सकिन्छ वा सकिन्न भन्ने पिर पनि छ । राम्रो ब्यानर र उत्कृष्ट कथावस्तु भेटेकै कारण पनि बर्षाले ह्याट्रिक मारेकी हुन भन्दा गलत नहोला तर यि तीन चलचित्रमा उनको भूमिका पनि दर्शकहरुले खुबै मनपराएका थिए ।
तर, अहिले यस्तो लाग्दैछ बर्षाको जीवनमा प्रेमी कोइराला हाबी हुँदैछन् । बर्षाले आफ्नो जीवनमा प्रेमी हाबी नभएको भन्ने अभिव्यक्ति बारम्बार दिएपनि दैनिक जसो सार्वजनिक कार्यक्रममा बर्षासँगै पुग्ने प्रेमी सञ्जोगलाई देख्दा धेरैले यस्तो अनुमान पनि लगाउँदै आएका छन् । यदी कोहिँ अभिनेत्री प्रेममा छिन् भने निर्माताहरु उनलाई लिएर काम गर्न चाहँदैनन् तर बर्षाको हकमा भने अहिलेसम्म यस्तो भएको पाइदैन । तर, जहाँ जाँदा पनि प्रेमीसँग पुग्नुले चाहिँ अहिले यस्तै प्रश्न उब्जाउँदै गएको छ कि ‘के बर्षाको जीवनमा ब्वायफ्रेण्ड हाबी हुँदैछन् ?’ यो त बर्षा भन्दा बाहेक अरु कसलाई नै पो थाहा होला र ! तर, सधै प्रेमीसँगै भेटिरहनुले चाहिँ दर्शकहरुमा अहिले यस्तै प्रश्नहरु उब्जिरहेको छ ।