विश्वकै प्रतिष्ठित फिल्म उद्योग हलिउडमा काम गर्ने चाहना बलिउडका सबै कलाकारहरुमा रहेको छ । तर, बलिउडका हट केक नायक रणविर सिंहले हालसालै हलिउडबाट आएका केही अफरहरु रिजेक्ट गरेको खबर सार्वजनिक भएको छ । हलिउडको अफर अस्विकार गरेको बारे मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई हालसालै हलिउडबाट केही अफरहरु आएको थियो तर ति अफरहरु मैले चाहेको जस्तो थिएन त्यसैले मैले अस्विकार गरिदिँए ।’ हलिउडमा काम गर्ने चाहना त भएको तर आफुले राम्रो भूमिकामा मात्र काम गर्ने रणवीरले बताएका छन् । उनले हलिउडबाट आएको अफरमा भन्दा राम्रो भुमिका हिन्दी फिल्ममा पाइरहेकोले हलिउडबाट आएको अफर अस्विकार गरेको बताएका छन् ।
रणविरका अनुसार आदित्य चोपडासंग एउटा प्रोजेक्टमा काम गर्ने पक्का भएको छ र रोहित सेट्टीसँग पनि एउटा राम्रो प्रोजेक्टमा काम गर्ने कुराकानी भइरहेको छ । आलिया भट्टसँग काम गर्ने चर्चा चलेको भन्ने प्रश्नको जबाफमा रणविरले आलियासँग काम गर्न इच्छुक रहेको जनाउँदै समय आएपछि त्यसबारेमा बताउने जवाफ दिएको छन् ।