केही बर्ष अगाडीसम्म प्रेम सम्बन्धमा रहेको कटरीना कैफ र रणवीर कपुरको अहिले ब्रेकअप भइसकेको छ । तर, यो जोडीको सम्बन्ध तनाबमा चलिरहँदा पनि उनीहरुले अभिनय गरेको फिल्म ‘जग्गा जासुस’ को सुटिङ भने सकाएका छन् । यो फिल्मको हालै ट्रेलर रिलिज भएको छ । अनुराज बासुको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा एउटा पनि संवाद देखाइएको छैन । यो जोडीले अभिनय गरेको फिल्म ‘अजब प्रेमकी गजब कहानी’ रहेको थियो जुन सन् २००९ मा रिलिज भएको थियो । अनुराग बासुलाई यो फिल्मको सुटिङ सक्न निकै समय कुर्नु परेको थियो । अन्तत उनले कटरीना र रणवीरलाई यस फिल्म पुरा गर्न मनाएरै छोडे ।