बलीउडमा धेरै चलचित्रहरु बन्छन, फिल्म चलाउनको लागि आक्रामक प्रचार गरिन्छ र हल्लाखल्ला गरिन्छ तर केही फिल्महरु जति हल्लाखल्ला गरे पनि हलमा आशातित व्यापार गर्दैनन् ।
निर्देशक, कलाकार, कथावस्तुको आधारमा सिनेमाको प्रचार गरिन्छ तर कहिलेकाँहि राम्रा कलाकार, निर्देशक, कथा भएको फिल्म पनि बक्स अफिसमा नमज्जाले पछारिन्छन् ।
यी हुन् २०१६ मा निकै आशा गरिएका तर बक्स अफिसमा सुपरफल्प भएका फिल्महरु :-
बार बार देखोः नित्या मेहराको कैटरिना कैफ र सिदार्थ मलहोत्रा अभिनित रोमान्टिक ड्रामा ‘बार बार देखो’ राम्रो चल्ने आशा गरिएको थियो तर यो फिल्म बक्स अफिसमा मजैले पछारियो ।
वजिरः बिजोय नामबायरको क्राइम थ्रिलर चलचित्र ‘वजिर’मा अमिताभ बच्चन, फरहान अख्तर, अदिती राव हैदरी लगाएतको अभिनय रहेको थियो तर राम्रा राम्रा कलाकार भएपनि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन ।
तीनः रिभु दासगुप्ताले निर्देशन गरेको फिल्म ‘तिन’ दक्षिण कोरियन फिल्म मोन्टाजको रिमेक हो तर अमिताभ बच्चन, नवाजुद्दिन सिद्दिकी, विद्या बालान लगाएतका कलाकार अभिनित यो थ्रिलर फिल्म पनि नमज्जाले डुब्यो ।
सरबजितः ओमँग कुमारको फिल्म ‘सर्बजित’ मा पाकिस्तानी अदालतले जासुसी र आतंकवादको आरोप लगाएका सर्बजित सिंहको कथा थियो । ऐश्वर्या राय बच्चन, रणदिप हुद्दा, रिचा चढ्ढाको मुख्य भुमिका रहेको यो फिल्मले पनि राम्रो व्यापार गर्न सकेन ।
रक अन २ : श्रद्धा कपूर, अर्जुन रामपाल, फरहान अख्तर लगाएतका कलाकार अभिनित यस चलचित्र सुपरहिट चलचित्र ‘रक अन’ को सिक्वेल हो तर यसले आशातित व्यापार गर्न सकेन ।
मोहेन्जो दारोः आशुतोष गोवारिकरको ठूलो बजेटको फिल्म ‘मोहेन्जो दारो’मा ऋतिक रोशन र पूजा हेग्देको मुख्य भुमिका रहेको थियो तर यो फिल्म पनि बक्स अफिसमा नराम्ररी पछारियो ।
मिर्जैयाः राकेश ओमप्रकाश मेहराको ‘मिर्जैया’मा नायकको रुपमा अनिल कपूरको छोरा हर्षबद्र्धन कपूर र नायिका सैयामी खेरले डेब्यु त गरे तर फिल्मले बक्स अफिसमा पानी समेत पिउन पाएन ।
फित्तुरः अभिषेक कपूरको आदित्य रोय कपूर र कटरिना केफ अभिनित रोमान्टिक फिल्म ‘फित्तुर’ चाल्र्स डिकेन्सको उपन्यास ग्रेट एक्सपेक्टेसन्समा आधारित थियो तर यो सिनेमाले पनि बक्स अफिसमा कमाल देखाउन सकेन ।
बन्जोः रवि ज्यादभको रितेश देशमुख र नगरिस फाकरी अभिनित ‘बन्जो’ पनि २०१६ को सुपर फ्लप फिल्म मध्ये एक पर्छ ।
अजहरः टोनी डिसुजाको फिल्म ‘अजहर’ पूर्व भारतिय क्रिकेटर मोहम्मद अजहरुद्दिनको जिवनीमा आधारित थियो । तर इमरान हासमी र प्राची देसाइ र नगरिस फाकरीको मुख्य भुमिका रहेको यो फिल्म पनि नराम्ररी बक्स अफिसमा पछारियो ।
द फ्लाइङ जाटः रेमो डिसुजाको यो सुपरहिरो एक्सन फिल्ममा टाइगर स्रोफ, ज्याकलिन फर्नान्डिजको मुख्य भुमिका थियो । यो फिल्म पनि बक्स अफिसमा नमज्जाले पछारियो ।