अभिताभ बच्चन, शाहरुख खान, जुही चावला लगायतका कलाकारहरुको अभिनय रहेको बलीउड चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका निर्देशक विवेक शर्माले नेपाली चलचित्र निर्देशन गर्दैछन् । ‘मेरो पैसा खोई ?’ नामक चलचित्रका लागि निर्माणपक्षले हालै मख्य कलाकारहरु फाइनल गरेको छ । चलचित्रको मुख्य भूमिकामा नायक सौगात मल्ल, नायिका बर्षा सिवाकोटीसँगै सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतका कलाकारहरु रहनेछन् । रोज राणाले निर्माण गर्ने यो चलचित्रको छायाँकन माघको १५ गतेबाट सुरु हुनेछ । चलचित्रमा मौनता श्रेष्ठको पटकथा, बसन्त सापकोटाको संगीत, चन्द्र पन्तको एक्सन, हरि घलेले छायांकन र दयाराम पाण्डेले गीतको शब्द कोरेका छन् । काठमाण्डौ, पोखरा, जोमसोम, वुटवल लगायतका क्षेत्रमा खिचिने यो चलचित्र नेपाली र हिन्दी भाषामा डबिङ गरिनेछ । निर्देशक शर्माका अनुसार कमेडी जनरामा चलचित्र बन्नेछ, जसमा मान्छेको जीवनमा पैसाले पर्ने प्रभावलाई प्रस्तुत गरिनेछ ।