एक्ट्रेस प्रियंका चोपडाको अमेरिकी टिभी शो ‘क्वांटि’ को जब सुरु भएको थियो त्यस बेला यसको प्रमोशनल पोस्टर हर अमेरिकी शहरहरुमा लगाइएको थियो । अब चाँडै यो शो बन्द हुने हल्ला राम्रै चलिरहेको छ । हलीउड न्यूजका अनुसार, व्यूअर र रेटिंगको आधारमा निकै पछाडी रहेको यो शोको सन्डे नाइटको स्लटसँग मन्डे नाइट स्लटमा शिफ्ट गरिएको थियो । यो २३, जनवरी, २०१७ बाट सुरु हुनेछ । यो शोको यदी लाइभ सेम डे रेटिंगको हिसाब हेर्ने हो भने १.० बाट अघि बढ्न सकेको छैन । यसको अलवा २७ नोभेम्बरको एपिसोडको रेटिंग पनि मात्र ०.७ रहेको थियो । यसको टाइम स्लट बदल्नुको कारण निर्माताहरुलाई यो लागिरहेको छ कि शो सन्डे नाइट फुटबलसँग कम्पटीशन गर्न सक्दैन् । साथै एएमसी र एचबीओमा आउने शोसँग पनि टक्कर गर्न सक्दैन ।