नेपाली मोडल अन्जली लामाको नाम आजकाल भारतमा निकै चर्चित बन्दै गएको छ । नहोस् पनि कसरी किनकी उनले काम नै यस्तो गरेकी छिन् । नेपालकी ट्रान्सजेन्डर मोडल अन्जलीले नेपालमा मात्र होइन अब दुनियाँभर आफ्नो पहिचान बनाउँदैछिन ।
हालैमा घोषणा भयो कि ‘लेक्मे फेशन वीक २०१७’ मा यि मोडल र्याम्पमा वर्क गर्नका लागि सेलेक्ट भएकी छिन् । ‘लेक्मे फेशन वीक २०१७’ १ फरवरीदेखी ५ फरवरीसम्म चल्नेछ । अन्जली ‘लेक्मे फेशन वीक’ मा गएर नेपालको पहिलो ट्रान्सजेडर मोडल बन्नेछिन् जसका लागि भारतमा र्याम्प वर्क गर्नेछिन् ।
अन्जली लामा सेक्स चेन्ज अपरेशनभन्दा पहिला नबिन वाहिबाको नामबाट परिचित थिइन । उनी नेपाली मोडलिंग इन्डस्ट्रीकी चर्चित मोडल हुन । लामाले यसअघि कयौं फेशन शोजमा र्याम्प वर्क गरिसकेकी छिन । यति मात्र होइन, लामाले कयौं म्याग्जिनको कवर पेजको शान पनि बढाइसकेकी छिन । लामाले ‘लेक्मे फेशन वीक’ का लागि १४ दिसम्बरमा अडिसन दिएकी थिइन ।
अब उनी अर्को बर्ष मुम्बईमा हुने लेक्मे फेशन वीकमा र्याम्प वर्क गर्ने तयारीमा छिन् । अन्जलीको विषयमा अहिले अधिकांश भारतीय मिडियाहरुले समाचार प्रकाशन गरेका छन् ।