अपकमिंग हलीउड फिल्म एक्सएक्सएक्स को नयाँ पोष्टर रिलिज भएको छ । यो पोष्टरमा बलीउड अभिनेत्री दीपिका पादुकोणलाई खास महत्व दिइएको छ । उनले हलीउड फिल्मको लीड भूमिका विन डीजलसँग प्राथमिकताका साथ देखाइएको छ र बाँकी कलाकारहरुलाई भने विन र दीपिकाभन्दा तल राखिएको छ । यो फिल्ममा दीपिकाले मुख्य भूमिका निर्वाहा गरेकी छिन । विन डीजल स्टारर फिल्म ‘ट्रिपल एक्स-रिटर्न अफ जेन्डर केज’ बाट दीपिकाले हलीउड फिल्ममा आफ्नो पाइला अगाडी बढाएकी छिन् । डीजे क्रूसो निर्देशित यो फिल्म ‘ट्रिपल एक्स’ एक्शन सीरीजको थर्ड फिल्मि हो। यो फिल्म पुरा दुनियामा २० जनवरी २०१७ मा रिलिज हुँदैछ ।