बलिउड अभिनेता संजय दत्तले आफ्ना बिगतका केही घटनाहरु मिडियासँग शेयर गरेका छन् । कुनै समय ड्रग्सको लतमा फसेका संजयले हाल नयाँ जीवन बाँचिरहेको पनि बताएका छन् । सन् १९९३ को मुम्बइ ब्लास्टमा पनि संजय दत्तको हात रहेको चर्चा चुलिएको थियो ।
संजयले अरु अपराधमा सफाइ पाए पनि हातहतियारको केशमा भने जेल सजाय भोगिसकेका छन् ।
उनले विगतका दिन सम्झिदै भनेका छन्,‘म आमाको क्यानसर उपाचार चलिरहनुभन्दा पनि अगाडि देखी नै ड्रग्सको लतमा फसिसकेको थिए । रक्की फिल्मको निर्माण सकिएको मात्र थियो । मलाई अझै पनि याद छ एकपटक मैले जुत्तामा एक किलो हेरोइन लुकाइ यात्रा गरेको थिए ।’
उनले थप्दै भने, ‘त्यसबखत मेरा दिदीहरु पनि मसँगै यात्रा गरिरहेका थिए । त्यसबखत एयरपोर्टमा खासै कडा चेकिङ पनि हुन्थेन । तर, आज त्यो घटना सम्झिदा मलाई निकै डर लागेर आउँछ । यदी म समातिएको भए । मेरो दिदीहरुको भविष्य के हुने थियो ? ड्रग्सका कारण परिवारको हेरचाह हुँदैन । ड्रग्सले यही नै गर्छ । अहिले ती दिन सम्झिदा शरिरमा काडा उम्रिएर आउँछ ।’