बलीउडमा कोही एकअर्कासँग काम गर्न नरुचाउने सेलिब्रिटीहरु छन् भने कोही सदाबहार बेस्ट फ्रेण्डहरु पनि रहेका छन् । बलीउडमा मित्रताको भन्दापनि दुश्मनी र छेडछाडलाई बढी महत्वका साथ पस्किने गरिन्छ । बलीउडमा केही यस्ता बेस्ट फ्रेण्डहरु रहेका छन् जो एकअर्कालाई हरेक तरिकाले सहयोग गर्दै आइरहेका छन् ।
आउनुहोस् हेरौ बलिउडका बेस्ट फ्रेण्डहरु को-को हुन् :-
१. शाहरुख खान र करन जोहर
विभिन्न खटपटकाबीच पनि शाहरुख खान र करन जोहरको सम्बन्धमा भने कहिल्यै चिराहरु परेनन् । उनीहरुले आफ्नो बलियो मित्रता भएको आभास एकअर्कालाई दिइनै रहे । बलिउडमा शाहरुख र करनको जोडीले धेरै हिट फिल्महरु दिएको छ । उनीहरुको घनिष्ठ मित्रतालाई अर्कै नाम पनि दिन खोजियो । तर, उनीहरुले यस कुरालाई वास्ता गरेनन् । शाहरुख र करनको मित्रता अझै पनि उत्तिकै बलियो रहेको छ ।
२. सलमान खान र संजय दत्त
सलमान र संजयले धेरै फिल्महरु एकसाथ काम पनि गरेका छन् । सलमान खानलाई समस्या पर्दा संजय दत्तले धेरै पटक मदत गरेका छन् । पछिल्लो समय उनीहरुको सम्बन्धलाई लिएर नकारात्मक समाचारहरु पनि आएका थिए । तर, उनीहरुले यस कुराको खण्डन गर्दै आफुहरुको मित्रता कसैले तोड्न नसक्ने र कमजोर नरहेको बताएका थिए । संजयले सलमानलाई आफ्ना राम्रा कुराहरु सिक्न र गल्तीहरु नदोहोर्याउन बारम्बार प्रेरणा दिने गरेको सलमान खानले एक अन्तर्वार्तामा बताएका थिए ।
२. शाहरुख खान र जुही चाउला
शाहरुख र जुहीबीच निकै बलियो र न्यायो मित्रता रहेको छ । उनीहरुले धेरै फिल्महरुमा समेत काम गरिसकेका छन् । उनीहरुको सम्बन्धलाई देखेर बेलाबेलामा उनीहरु रिलेशनसिपमा समेत रहेको हल्ला बाहिर चलिनै रहे । तर, उनीहरुले आफु एकदमै मिल्ने साथी भएको र हल्लाको पछाडि नलाग्न भनेका थिए । उनीहरुले मिलेर खोलेको प्रोडक्सन कम्पनी समेत रहेको छ ।
३. करिना कपुर र अमृता अरोरा
बलिउडबाट लगभग पलायन भइसकेकी अमृता अरोरा र करिना कपुर मिल्ने साथी हुन् । उनीहरु समय निकालेर एकअर्कालाई भेट्ने तथा आफ्ना कुराहरु शेयर गर्ने काम गर्छन् । उनीहरुले हरेक सुख, दःख, कठिन पलमा एक अर्काको लागि उभिने समेत गरेको बताएका थिए ।
४. सलमान खान र अजय देवगन
धेरैलाई थाहा हुन नसक्छ सलमान र अजय मिल्ने साथी हुन् । उनीहरुले एकअर्काको फिल्म प्रोमोट गर्न कुनै कसर बाँकी राख्दैनन् । सलमान खानको फिल्म रेडीमा अजयले अतिथि भुमिका रहेको थियो । त्यस्तै सन अफ सरदारमा सलमानले अतिथि भुमिका गरेका थिए । बलिउडको हिट फिल्म ‘हम दिल दे चुके सनम’ र ‘लण्डन ड्रिम्स’ मा काम यिनीहरुले सँगै काम गरेका थिए ।
५. ऐश्वर्या राय र संजय लिला भंसाली
कुनै समय संजय लिला भंसालीको निर्देशनमा बनेका प्राय फिल्महरुमा ऐश्वर्या राय बच्चन देखिने गर्थिन् । हिट फिल्महरु ‘हम दिल दे चुके सनम’, ‘देवदास’ जस्ता फिल्महरुमा ऐश्वर्याको भुमिका रहेको थियो । फिल्म गुजारिसमा समेत संजयले ऐश्वर्यालाई नै लिएका थिए । तर, फिल्म भने हिट भएन ।
६. दीपिका पादुकोण र साहना गोस्वामी
कमै चर्चामा रहेको जोडी हो दीपिका र साहनाको । उनीहरु एकदमै मिल्ने साथी भएको बताउँछन् । फिल्मको करिअर बनाउने दौडमा उनीहरुको भेट भएको थियो । त्यहाँबाट सुरु भएको उनीहरुको मित्रता निकै बलियो रहेको छ । आयोजित विभिन्न पार्टी तथा कार्यक्रममा प्राय सँगै देखिने गर्छन् ।
८. ऋतिक रोशन र फरहान अख्तर
यिनीहरु बाल्यकालदेखिका मिल्ने साथीहरु हुन् । उनीहरुको पारिवारिक सम्बन्ध पनि उत्तिकै बलियो रहेको छ । उनीहरु सँगै हुर्किए र दुवैले फिल्मीलाइन नै समाते । फरहानले फिल्म लक्ष्यमा ऋतिकलाई कास्ट गरेका थिए । उनीहरुको रियल लाइफको मित्रता फिल्मी लाइफमा पनि देखियो । फिल्म ‘जिन्दगी नामिलेगी दोबारा’ सुपर हिट भएको थियो ।