करीना कपुरले गएको मंगलबार छोरा तैमुर अली खान पटौतीलाई जन्म दिएका छन् । सन् २०१२ मा करीना कपुर र सैफ अली खानको प्रेम विवाह भएको थियो । यस अघि उनीहरुबीच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् । सैफ त्यस समय इटालीकी एक युवतीसँग डेटमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डिभोर्स दिएकी थिइन् । रोना क्याटलानो स्विस मोडल हुन् । उनको जन्म भने इटालीमा भएको थियो । उनीहरुको सम्बन्ध दुई वर्षसम्म चलेको थियो ।
रोजा र सैफ लिबिङ टुगेदर रिलेशनमा रहेको समेत बताइएको थियो । सन् २००७ मा उनीहरुको ब्रेकअपको खबर बाहिर आएको थियो । एक अन्तर्वार्तामा रोजाले सैफबारे आश्चर्यलाग्दो बयान दिएकी थिइन् । सैफले रोजासँग अविवाहित भनेर चिनाएको बताएकी थिइन् । जब उनी भारतमा आइन् तब सैफको दुईवटा बच्चा रहेको र डिभोर्सी समेत रहेको थाहा पाएको रहस्य बाहिर आएको थियो ।
रोजाले एक अन्तर्वार्तामा सैफ र आफ्नो भेट केन्यामा भएको बताएकी थिइन् । उनी केन्यामा ६ वर्षदेखी एक प्रोजेक्टमा काम गर्दै थिइन् । सेफसँगको भेट पछि उनले भारत आउने निर्णय गरेकी थिइन् । रोजाले फिल्म ‘सौर्य’ मा आइटम नम्बर गरेकी थिइन् । त्यस्तै सन् २००७ मा साहिद कपुरसँग ब्रेकअप भएपछि करीनासँग सेफ नजिकिएका थिए । फिल्म ‘ओमकारा’ मा निकै छोटो सिनमा करीना र सैफलाई देखाइएको थियो । जब करीनासँग सिन हुन्थेन तब सेफ करीनाको नजिकै बस्ने गर्थे । ओमकारा पछि उनीहरुको फिल्म ‘टशन’ आयो । यसपछि उनीहरुबीचको लभस्टोरीले पिकअप लियो । लक्मी फेशन सोमा करिना र सैफ एउटै कारबाट बाहिर आए । उक्त दिन आफुहरुको पहिलो डेट भएको सेफले एक अन्तर्वार्तामा बताएका थिए । १३ वर्षसँगै बिताएका अमृतालाई उनले धेरै दिन धोकामा राख्न सकेनन् । विवाह गर्दा सैफ केवल २१ वर्षका मात्र थिए । परिवारको मर्जी बेगर उनीहरुले विवाह गरेका थिए । तब, अमृताकै घरमा सैफ लामो समयसम्मसँगै रहेका थिए । दुई बच्चाका पिता बनेका सैफले सन् २००४ मा अमृतासँग डिभोर्स लिए । तर, बच्चा भने अमृतासँगै रहेका छन् ।