बलीउड अभिनेता रितिक रोशनले निकै आश गरेको फिल्म ‘काबिल’ जनवरी २५ मा रिलिज हुँदैछ । हालै एक कार्यक्रमकाबीच रितिककी पुर्व पत्नी सुजैनलाई फिल्म ‘काबिल’ बारे केही प्रश्न सोधिएको थियो । धेरैलाई लागेको थियो उनी रिसाउनेछिन् । तर, सुजैनले शान्त स्वभावमा जबाफ दिइन् ।
मिडियाका अनुसार उनले रितिकको फिल्मलाई थम्सअप गरेकी छिन् । उनले भनेकी छिन्,‘रितिकले यस फिल्ममा धेरै राम्रो काम गरेका छन् । यो फिल्मले अवश्य सफलता पाउनेछ ।’ केही दिन अघि रितिक र सुजैन बान्द्रा स्थित एक होटलमा सँगै देखिएका थिए । उनीहरुसँग दुई छोराहरु रिदान र रिहान पनि रहेका थिए । सन् २०१३ मा रितिक र सुजैनले डिभोर्स लिने फैसला गरेका थिए ।